Monday, September 1, 2008

मेरो असफल प्रेम


मेरो र उनको प्रेम अन्लाईन च्याट बाट सुरु भएको हो । हामी अन्लाईन च्याटमा धेरै जस्तो कुरा गर्थ्यौँ । त्यस्तै कुराकानीको क्रममा मैले उनको फोन नम्बर पाएँ। प्राय: म उनलाई फोन गरिरह्न्थेँ । त्यस समयमा, म अफिसमा काम गर्थेँ र स्नातक दोस्रो बर्षमा अध्ययन गर्दै थिएँ। एक दिन , जुन दिन मैले उनलाई फोन गरेँ, त्यो दिन उनको "बर्थ डे" रहिछ। मैले उनको बर्थ डे को शुभकामना दिएँ। अनि उनले गिफ्ट पनि चाहिन्छ, शुभकामनाले मात्र कहाँ पुग्छ भनिन जिस्किएर । मैले पनि हुन्छ भने र उनी सँग, उनले इन्टरनेट चलाउने साईबरको लोकेसन लिएँ। गिफ्ट साईबरमा छोडि दिन्छु, लिन जानु है भने तर मैले उनलाई देखेको थिइन । एक फेर वेब क्याम (web cam) मा देखेको थिए, राम्री थिईन । अन्तत: मैले उनको लागि भनेर गिफ्ट किनेँ र उनले भनेको साइबरमा पुर्याउन भनेर गएँ।
त्यस दिन अस्कल कलेज अगाडि जुलुस रहेछ । मैले धेरै दु:ख गरेर बालाजु सम्म पुगेर उनले भनेको साईबरमा लगेर गिफ्ट छोडिदिएँ। उनलाई फोन गरेर गिफ्ट लिन आउनु है भनेर म त्यहाँ बाट बाटो लागेँ । किनकि मलाई अफिस जान ढिला भई सकेको थियो । त्यसबेला सम्म मैले उनलाई देखेको थिईँन्।

यसरी हाम्रो कुराकनी चलिरह्यो। सधै अन्लाईन र फोनमा हाम्रो कुरा भइरहन्थ्योँ तर हाम्रो भेटघाट भएको थिएन। एक दिन म उनलाई भेट भनेर उनको कलेजमा गएँ। उनि मैले सोचे भन्दा पनि राम्री रहिछिन्। काली हिस्सी परेकी। हाम्रो केहि बेरको कुराकानी पछि हामी छुटियौँ। केही समय पछि, मैले अफिस छोडिदिएँ र आफ्नै इन्टरनेट क्याफे सुरु गरेँ, उनि प्राय: मलाई भेट्न भनि मेरो इन्टरनेट क्याफेमा आउँथिन। किनकि अरुबेला मलाई घुम्न जान फुर्सद् हुदैन थियो। यस्तै क्रममा मैले उनलाई मेरो बहिनी (काकाको छोरी)को बिहेमा जान्छौ भनी सोधे। उनले जाने बताईन। मलाई, उनि सँगै जाने मन थियो तर कामले गर्दा म अघिल्लो दिनमा नै घर जानु पर्ने भयो। त्यसैले मैले उनलाई फोन गरेर म चाडै घर जानु पर्ने भो भनि भनेँ। उनले मेरो फुर्सद् छैन भोलि म आउलाँ, बस स्टेसनमा मलाई लिन आउनु भनिन् । मैले पनि हुन्छ भनेँ र मैले मेरो घर जाने सबै डिटेल उनलाई बताई दिएँ। भोलिपल्ट, मैले उनी आउने बेलामा पटक पटक फोन गरिरहे। म चाहन्थेँ कि बसमा उनिलाई एक्लोपन महसुस नहोस भनेर। मैले बाचा गरे अनुसार, बस स्टेसन धुलिखेलमा आई कुरेर बसेँ। मेरो घर, धुलिखेल बस स्टेसनबाट १२ किलो मिटर टाढा थियो। उनि आईपुगिन म पुगेको केहि छिन पछि। बहिनीलाई बिहेको कोसेली बोकेर। जब मैले जाउँ भने, उनले उनको दाई अर्को बसमा आईरहेको छ, एक छिन कुरौँ भनिन। उनको दाईको बनेपामा काम रहेछ, त्यसैले उनको दाई अर्को बसमा आइरहनु भएको रहेछ। मैले हुन्छ भने। यस्तै १ घण्टा पछि उनको दाई आईपुग्नु भयो । मेरो घर जान धुलिखेल बस स्टेसनबाट १२ किलो मिटर तल जानुपर्थ्यो। ३ जना मोटरबाईकमा जान सम्भब थिएन। उनिहरु आफैंले हामी बसमा आउछौँ भने।
त्यो बसको स्टाफ मैले चिनेको मान्छे रहेछ। त्यसैले मैले त्यो बसको स्टाफलाई मेरो घर नजिक रोकि दिनु भनेर म मोटरबाईक लिएर हिडेँ। मैले सोचेको थिएँ कि उनी एकलै आउछिन र मोटरबाइकमा सँगै जाउँला तर त्यो सम्भब भएन। म घर नजिक बस आउने बाटो कुरेर बसेँ। उनिहरु आइपुगे पछि, मैले उनिहरुलाई लिएर घर गएँ। घर परिवार बिहेमा नै ब्यस्थ थिए, त्यसैले सबै सँग मैले परिचय गराउन सकिन, दिदिहरु सँग परिचय गराएँ। हामी सबैले भोज खायौँ । खासै मैले उनलाई गाउँ घुमाउन पाइन। उनिहरुलाई काठमाण्डौं आउन ढिला भईसकेको थियो, मैले ल बिस्तार जानु भन्दै बिदाईको हात हल्लाएँ । उनि एक्लै भएको भए त, बस स्टेसन सम्म म मोटरबाईक लिएर पुर्याउन आउन्थेँ तर त्यो सम्भब भएन। बिहे सकेर भोलि पल्ट म काठमान्डौं आएँ। हाम्रो भेटघाट चलि रह्यो। उनि मलाई कतै घुम्न जाउ भन्थिन। उनको पो १० देखि ५ को डिउटी, फुर्सद हुन्छ। मेरो त ७ देखि १० इन्टरनेट क्याफेमा बस्नु पर्ने, के पाएर फुर्सद हुनु, मलाई पुर्सद थिएन। हुन त मैले उनको घुम्न जाने चाहना लाई नबुझेको होइन वा बेवास्ता गरेको पनि थिईन। घुम्न जाने चाहना त मलाई पनि थियो। संसारमा को चाँही त्यस्तो प्रेमि होला, जो आफ्नो प्रेमिका सँग घुम्न जान नचाहोस। म पनि त मान्छे नै हुँ, मेरो पनि त मन थियो।

यस्तै चलिरह्यो, हाम्रो प्रेम, उनि मलाई भेट्न मेरो ईन्टरनेट क्याफे आउने गर्थिन। म सधै बेलुका उनलाई फोन गर्थे। म उनलाई बिर्सन सक्दिन थिएँ किनकि मैले उनि सँग चोखो प्रेम गरेको थिएँ।

यस्तै चलिरह्यो, उनको घुम्न जाने चाहना, मेरो आफ्नै कामको ब्यस्तता। त्यस बेला मेरो स्नातक दोस्रो बर्षको परीक्षा नजिकिदै थियो। पुस महिनाको जाडोको पर्वहा नगरी, म बिहान पाँच बजे ट्युसन पढन जान्थ्येँ। केहीबेर कलेज जान्थेँ, त्यस पछि फेरि उहि इन्टरनेट क्याफेमा। सायद भगवानले पनि मलाई प्रेममा असफल बनाउन चाहन्थे होला, फुर्सद कहिले पनि हुदैनथ्यो । क्याफेमा मलाई सघाउनको लागि कोही त्यस्तो भरपर्दो सहयोगी थिएन जसको भरमा क्याफे जिम्मा लगाएर म, उनि सँग घुम्न जान सक्थेँ। सायद यहि कारण बन्यो, मेरो प्रेमको अन्त्य।

उनि मलाई सधै बेलुका फोन गर्न भन्थिन, म सँग कुरा नगरी निन्द्रा लाग्दैन भनेर धेरै बेर कुरा गर्थिन तर एक, दुई दिन बित्दै गयो। म सँग फुर्सद भएन घुम्न जान।
गल्ति मेरो नै थियो जस्तो लाग्न थाल्यो मलाइ पनि। म आफैलाई प्रश्न गर्थेँ "तँ सँग घुम्न जाने फुर्सद छैन, समय छैन त, किन तैँले प्रेम् गरिस् " तर पनि म उनिलाई धेरै माया गर्थे। मलाई नै थाहा थिएन, कति माया गर्थे उनिलाई भेनेर। उनी नै मेरो पहिलो प्रेम थिईन र मेरो लागि अन्तिम पनि। सायद उनि बाहेक मेरो लागि अर्को कुनै चाह थिएन।


दिन बित्दै गए, थोरै समयमा नै म उनिलाई धेरै माया गर्ने भइ सकेछु। उनि म बाट टाढा हुन्छिन कि भन्ने डर मेरो मनमा रहिरहन्थ्योँ। म हरेक पल उनलाई सम्झन्थ्येँ। तर मेरो कमजोरी, मेरो ब्यस्तता थियो। मैले सोचे बिपरित, उनि बिस्तार म सँग टाढा हुदै गईन।

म सँग कुरा नगरी, रातमा निन्द्रा लाग्दैन भन्थिन पहिले। सायद अब निन्द्रा लाग्न थालेछ क्यारे । मेरो साटो अर्कै निद्राको औषधी पाईन होला या त म सँग सुन्दर र सुखी जीवनको भबिष्य देखिनन् होला । अब त, मैले फोन गर्दा पनि कुरा गर्न गारो मान्न थालिन । मलाई यस्तो लाग्न थाल्यो कि अब उनि म सँग स्वतन्त्रता चाहन्थिन। अनि म सँग, जिन्दगीमा त्यो भन्दा अगाडि जान नसक्ने भन्न चाहन्थिन। त्यसैले एक दिन अनलाईन च्याटमा उनले "आफु ब्यस्त रहेको र डिसट्रब नगर्न" भनेर, उनको मनको गाठो खोलिन । मैले पनि हुन्छ भनि साइन आउट गरेँ, याहु मेसेन्जर बाट। यसरी बिस्तार- बिस्तार म सँग टाढा हुन लागिन उनि। मैले उनको मोबाईलमा फोन गर्दा पनि, उनको अफिसको साथीले उठाउथे र उनि बाहिर गएको छ भन्थे। यसरी उनी म सँग बिस्तार टाढा-टाढा गइन। मैले पनि उनीलाई बिस्तारै फोन गर्न छोडिदिएँ। किनकी उनले कहिले फोन उठाउदिन थिईन र उठाई हाले पनि उनको साथीले उठाउथिन। मलाई पनि " मलाई डिसट्रब नगर" भनि उनले भनेको कुरा याद आउँथ्यो। यसरी अन्तत: मेरो पहिलो प्रेम असफल भएर छोड्यो।




आज उनको धेरै याद आएर, मनमा पिडा बोध भएपछी मिती २०६३ साल बैशाख १५ गते लेखिएको मेरो जीवनी मैले ब्लगमा राख्दा , उनी म सँग टाढा भएको करिब तीन बर्ष बितेछ। अब उनि मेरो जीवनमा फर्केर आउछिन भन्ने कुनै आसा म मा छैन। तर पनि म उनिलाई नै माया गरेर बसेको छु। मेरो जीवनमा अब मलाई कसै सँग प्रेम गर्नु छैन। कसै सँग एक पटक प्रेम गरि सकेँ, अरु सँग प्रेम गर्दै हिड्ने आँट र साहस अब म सँग छैन। उनि नै मेरो लागि पहिलो र अन्तिम प्रेम भई सकिन।

उनि म सँग छैन त के भो र, उनि सँग बितेका खुसिका पल हरु त मेरो मन अनि मस्तिष्कमा ताजै छ नि। उनको याद त अझै छ नि म सँग, जुन कुरा नै मेरो लागि ज्युउने आधार भएको छ आज । उनि सँग फोनमा कुरा गर्ने र मेल पठाउने आँट छैन अहिले ममा। मेरो पुन: आगमनले उनलाई दुखी नबनाओस् भन्दै आज सम्म मैले उनलाई भेट्ने, फोन गर्ने अनि अन्लाइनमा कुरा गर्ने साहस गर्न सकेको छैन। धेरै भईसक्यो उनि सँग कुरा गर्ने चाहनालाई मनमा गुम्साएर राखेको, अझै पनि मेरो मन उनको सुमधुर बोलि सुन्न हतास भई रहन्छ। उनि सँग टाढिएको यत्रो समय पछि पनि ! किन हो थाहा छैन मलाई।

खोई कसरी भुलु म उनिलाई, सधै याद आईरहन्छ मेरी निष्ठुरीको ।
कहिले त मुटु नै फुट्ला झै हुन्छ, उनी म बाट टाढा भई सकिन भनेर सम्झदा।
मलाई थाहा छ, अब उनि मेरो जीवनमा कहिले पनि आउदिनन्। उनको र मेरो बाटो अलग भई सक्यो तर पनि मैले मेरो मनलाई बुझाउन सकेको छैन, खोई के गरुँ म। कसरी सम्झाउँ मेरो मनलाई। सधै मेरो आखाँमा उनको अनुहार आईरहन्छ अनि मनमा एउटै प्रश्न-" मेरो प्रेममा मात्रै यस्तै हो कि सबैको प्रेममा यस्तो हुन्छ।"
उनि मेरो जीवनबाट गएको धेरै भईसक्यो तर याद भने किन यति निस्ठुरी सधै मनमा आईरहने?
उनी जहाँ भए पनि मेरो माया सधैको भरी उनकै लागि हो। मेरो साथ, मेरो आस सबै उनि नै हुन। मेरो चाह उनि बाहेक कोहि पनि छैन। उनको मनमा मेरो लागि जे भए पनि, मेरो मन र जीवन भरि उनको लागि माया र स्रदा रहने छ। मेरो मन-मन्दिरमा उनको लागि अटुट माया रहने छ, अनि उनको खुसि र सुन्दर भबिष्यको लागि कामना पनि। सायद अब यति नै गर्न सक्छु, म उनको लागि।

आज काठमान्डौ जस्तो महङ्गीको शहरमा बसेर, आफ्नो खुट्टामा उभिएको छु। अरुको गुलामी नगरी आफ्नै पौरखीमा बाचेँको छु। अनि आफ्नो परिवार र देशको लागि केही केही सेवा गरेको छु। यस अर्थमा त मलाई धेरै खुशी लाग्छ तर जसको प्रेरणाले एती धेरै संघर्ष गरेर काठमाण्डौं जस्तो ठाउँमा आफ्नै परिचय र स्थान बनाउन सफल भएँ, आज उनी म सँग छैनन्। यो सम्झिँदा पनि धेरै मन रुन्छ अनि धेरै अत्तालिन्छु पनि। जब उनी म सँग टाढिएको केही समय मात्र भएको थियो। मैले केही बनुँला, केही गरुँला, आफ्नै छुट्टै परिचय बोकेर फेरि उनको सामु जाँउला भनेर कल्पना गरेको थिएँ तर केही बन्न खोज्दा खोज्दै, आफ्नो परिचय बनाउँदा बनाउँदै धेरै ढिला भईसकेछ। धेरै टाढा पुगिसकिछिन् उनी मबाट।


तिमि जहाँ भए पनि खुशि नै रहनु !
बिगतमा जे भयो, भयो त्यसलाई बिर्सेर, बर्तमानलाइ हेरेर
भबिष्यको लागि कामना गर्नु भन्दै मेरो अन्तिम
सन्देश बायु चरिको साथमा उनको लागि पठाउन चाहन्छु।

उही तिमिलाई हृदय देखि नै माया गर्ने तिम्रो प्रेम पुजारी!!

4 comments:

Prabesh said...

अर्को त हेर्नै भएन नि !! खत्तम भईहालियो नि त्यस्तो गर्न थाल्यो भने त ! अब आनन्दले बस्ने अनि बाबुआमाले हेरिदिएको केटी बिहे गर्ने नि !! होइन त ??

Jobove - Reus said...

very good blog, congratulations
regard from Reus Catalonia
thank you

Yakthungba said...

hope that your beloved got this massage, thanks for sharing with us,
visit this blog about Limbuwan & Nepal,
https://limbuwankingdom.blogspot.com

easyayurveds.com said...


Digital Sports Watch Silicon Wrist Watch — Trendy Sporty Fashion Digital Watch price in nepal
यो डिजिटल स्मार्ट वाच किन्न चाहानु हुन्छ भने यहाँ क्लिक गर्नुहोला। नेपाल भरी डेलिभरी हुन्छ। सामान लिए पछी पैसा तिर्दा पनि हुन्छ। नेपालकै एक मात्र भर पर्दो अनलाईन सप दराज बाट ओरिजनल सामन पाउनुहुनेछ.
Color black
Gender unisex
Category Casual
Watches Display
Type digital
Dial Shap eSquare
Features date time
Size free
wrist watch
noise smart watch
hand watch
best watches for men
watch price
sport watch
new watch
best watch
watch ghadi
designer watches
digital watch online
silicone digital watches
digital watch price
led digital watch
digital watch for men
digital watch for girls
stylish digital watches for men
digital watch brands
best digital watch
digital watch sa
digital watches for men
Digital Sports Watch Silicon Wrist Watch
Fashionable Square
Silicone Small Dial Teen Watch
Trendy Sporty Fashion Digital
New Generation Dial Black Color Square
Kids Digital Watch
Watches
digital watche